काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले भारतीय पक्षले नेपालको सीमा मिचेको घटनाप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ ।


ADVERTISEMENT


आज एक विज्ञप्ती जारी गर्दै तरुण दलल नेपाली सीमा र अस्मितामाथि गम्भीर चोट पुर्याउने उक्त कदमलाई तत्काल रोक्ने सरकारसमक्ष माग गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘पर्सा, रौतहट, कंचनपुर लगायत विभिन्न जिल्लाको नेपाली भूमी मिचेर जंगे पिलर सारिएको घटनाप्रति हामि गम्भीर आपत्ती प्रकट गर्दछौ। नेपाली सिमा र अस्मिता माथि गम्भीर चोट पुर्याउने उक्त कदमलाई तत्काल रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौ।’


ADVERTISEMENT

# # #


साथै संगठनले घटनाको सत्यतथ्य पत्ता लगाइ बारम्बार हुने यस्तो सीमा अतिक्रमणको दीर्घकालीन समाधानको लागि उचित पहलकदमी लिन सरकारसमक्ष जोडदार माग गरेको छ । दादागिरी स्वरुपको अतिक्रमण बन्द नभए भुमी रक्षाको लागी जुनसुकै कदम चाल्न बाध्य हुने पनि तरुण दलले चेतावनी दिएको छ ।

नयाँ सीमास्तम्भ राख्दा नेपालीको जग्गा भारतमाः जग्गाधनीले राखे यस्तो गुनासो