काठमाडौं-प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झाले पदभार ग्रहण गरेका छन् । रूपन्देही व्यापार संघमा स्थापना गरिएको प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।


ADVERTISEMENT


पदभार ग्रहणपछि उनले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रदेश प्रमुखको रुपमा काम गर्ने जिम्मेवारी दिएकोमा सरकारप्रति आभार व्यक्त गरे ।


ADVERTISEMENT

# # #


पदभार ग्रहण लगतै उनले प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेललार्इ सपथ गराउनेछन् । बाँकी प्रदेशसभा सदस्यहरूलार्इ भने पोखरेलले सपथ गराउने छन् । सपथ ग्रहण बुटवल उद्योग बाणिज्य संघको हलमा हुनेछ ।

प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्य छन् । प्रदेशसभा बैठक तत्कालका लागि बुटवल उद्योग बाणिज्य संघको हलमा नै हुनेछ । संघको सचिवालयमा सभामुख र उपसभामुखको कार्यकक्षसहित संसद सचिवालय राखिने छ ।