काठमाडौं-गएको पुस ५ गते रुपन्देहीको देवदहका काठ मिल व्यवसायी वसन्त पौडेलको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


हत्यामा संलग्न रहेको केही तथ्य भेटिएपछि उनीहरुलाई केही दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी डिल्लानारायण पाण्डेले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


‘अनुसन्धानको सिलसिलालामा केही मानिसलाई नियन्त्रणमा लिएका छौं । पक्राउ परेका तीन जना नै गुन्डा नाइके मनोज पुन समूहका भएको प्रहरी अनुसन्धानमा देखिएको छ । मुख्य नाइके फरार रहेकाले धेरै कुरा बोल्न मिलेको छैन’ डीएसपी पाण्डेले भने । प्रहरीले पक्राउ परेका तीर्नजनाको नाम गोप्य राखी अनुसन्धान अघि बढाएको छ ।