पोखरा– प्रदेश नं ४ का प्रदेशसभा सदस्यले आज सामूहिक रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।


ADVERTISEMENT


प्रदेश नं ४ का ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठले पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा उनीहरूलाई शपथ गराए । ज्येष्ठ सदस्य श्रेष्ठले यसअघि आज बिहान प्रदेश प्रमुख बाबुराम कुँवरसँग पद तथा गोपनीयताको शपथ लिएका थिए ।


ADVERTISEMENT

# # #


प्रदेश नं ४ मा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, नवलपरासीको बर्दघाट सुस्तापूर्व, तनहुँ, लमजुङ, गोरखा, मनाङ र कास्की जिल्ला पर्छ ।

मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद दिपक मनाङे भने फरार रहेका छन् । उनलाई प्रहरीले पक्राउका लागि खोजी गरिरहेका छ ।