काठमाडौं-चेलीबेटी बेचबिखनको आरोपमा पक्राउ परेका नुवाकोट, दुप्चेश्वर गाउँपालिका १ का अध्यक्ष सुनबहादुर तामाङलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले आइतबार ८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, मानव बेचबिखन सम्वन्धी अर्को पुरानो मुद्दाको फैसला कार्यान्वयन बाँकी रहेकाले उनी प्रहरी नियन्त्रणमै छन् ।


ADVERTISEMENT


प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सुनबहादुरलाई फेरि अदालतमा पेश गर्ने तयारी गरेको छ । सीआईबी प्रवक्ता जीवन श्रेष्ठले भने, ‘जिउ मास्नेबेच्ने सम्बन्धी पुरानो फैसला कार्यान्वयन बाँकी नै छ । त्यसको लागि फेरि अदालतमा पेश गर्छौं ।’


ADVERTISEMENT

# # #


सुनबहादुरले दुई सयभन्दा बढी चेलीहरुलाई भारतका बेश्यालयहरुमा लगेर बिक्री गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । उनले दिल्ली र मुम्बईमा बेश्यालयसमेत सञ्चालन गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट पाएका तामाङ दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा निर्वाचित भएका थिए ।