काठमाडौं-बलियो प्रतिस्पर्धी चेल्सीलाई पराजित गर्दै आर्सनल इङ्लिस कारबाओ कपको फाइनलमा प्रवेश गरेको छ ।


ADVERTISEMENT


स्टार स्ट्राइकर एलेक्सिस सान्चेजलाई बेचेपछि गनर्सले दोस्रो शानदार जित निकालेको हो । सेमिफाइनलको पहिलो लेगको खेलमा गोलरहित बराबरी खेलेको आर्सनलले दोस्रो लेगको खेलमा चेल्सीलाई २–१ ले पराजित गरेको हो ।


ADVERTISEMENT

# # #


आर्सनललाई फाइनलमा लैजाने क्रममा रुडिगेरले खेलको १२ औँ र झाकाले ६० औँ मिनेटमा गोल गरे । पराजित चेल्सीका लागि हजार्डले सातौँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

यो पराजयपछि चेल्सीका प्रशिक्षक एन्टेनियो कोन्टेमाथि दबाब बढेको छ। उनले यो सिजनपछि चेल्सी छाड्ने बताइसकेका छन् । फाइनलमा पुगेको आर्सनलले अब वेम्ब्ली रंगशालामा उपाधिका लागि म्यानचेस्टर सिटीसँग भिड्नेछ ।