काठमाडौँ– तीनै तहका निर्वाचनमा ‘नो भोट’ अभियान सफल पारेर चर्चामा रहेका सोलुखुम्बु तिङ्लाबासीले अन्ततः लडाई जितेका छन् ।


ADVERTISEMENT


स्थानीय तह निर्धारणको बेला अपायक पर्ने नेचा सल्यान गाउँपालिकामा पारिएपछि आन्दोलित भएका तिङ्लाबासीले बिरोधस्वरुप तीनै तहका निर्वाचनमा नो भोट नो क्याण्डिडेट अभियान चलाएका थिए । उनीहरुको माग सोलुदूधकुण्ड नगरपालिकामा रहन पाउनुपर्ने थियो ।


ADVERTISEMENT

# # #


यो मागमा जिल्लाका अन्य दलले समर्थन जनाए पनि कांग्रेस नेता बलवहावदुर केसी अनुदार बनेका कारण नेचासल्यानमै पारिएका थिए । कांग्रेसको बाहुल्य रहेको तिङ्लाले नो भोट गर्दा गाउँपालिकामा एमालेले जित्यो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि तिङ्लाले बहिस्कार गर्‍यो । बलवहादुर केसी सहित कांग्रेसका सबै उम्मेदवार पराजित भए । यसबीचमा नेचासल्यान गाउँपालिकाले तिङ्लालाई आफूबाट छुटिन दिने निर्णय गरेर स्थानीय विकास मन्त्रालयमा पठायो ।

सोलु दूधकुण्ड नगरपालिकाले पनि तिङ्लालाइ नयाँ वडाका रुपमा लिने सहमति सहितको निर्णय गरेको थियो । मन्त्रिपरिषदको बिहीबारको बैठकले तिङ्लालाई सोलुदूधकुण्ड नगरपालिकामा गाभ्ने निर्णय गरेको छ ।

सोलुदुधकुण्ड नगरपालिकामा तिङलालाई समाहित गरेको भन्ने अनौपचारिक जानकारी आएपनि औपचारिक रुपमा जानकारी जानकारी प्राप्त नभएको संघर्ष समितिका शोभित बस्नेतले बताए ।

वडा नम्बर ६ बनाउँदै नेचा सल्यान गाउँपालिकामा साबिकको तिङला गाविसलाई समाबेश गरेपछि स्थानीय लामो समयदेखि आन्दोलनमा रहेका थिए ।