काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘नयाँ अमेरिकी युग’ सुरु भएको दाबी गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रपतिका रुपमा दुबै सदनको संयुक्त बैठकलाई पहिलो सम्बोधन गर्दै ट्रम्पले डेमोक्रेटसँग मिलेर काम गर्न तयार रहेको बताए । ‘स्टेट अफ द युनियन’ भनिने सम्बोधनमा उनले अमेरिकालाई फेरि महान बनाउन अग्रसर रहेको बताए । साथै बन्दीगृह ‘ग्वान्टानामो बे’लाई कायमै राखिने समेत उनले बताए ।


ADVERTISEMENT

# # #


राष्ट्रपति बाराक ओबामाले विवादास्पद ‘ग्वान्टानामो बे’ बन्द गर्ने घोषणा गरेका थिए । ट्रम्पले हृवाइट हाउस सुरक्षित, बलियो र गौरवशाली अमेरिका बनाउन अग्रसर रहेको बताए । अमेरिकी सपनामा बाँच्न यो राम्रो समय भएको उनले दाबी गरे ।