काठमाडौँ – नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको सवारीका कारण बालकुमारी घटनामा प्रहरीले बल प्रयोग गर्नुपरेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी घटनाबारे सांसदका प्रश्नको जवाफ दिँदै आईजीपी कुँवरले ईपीएस कार्यालयमा रहेको प्रदर्शनलाई तीतरवितर पारेको अवस्थामा मन्त्रीको गाडी पुगेपछि भीड आक्रमक देखिएको जिकिर गरे । मन्त्रीको सुरक्षाका लागि प्रहरीले बल प्रयोग गरेका कारण घटना घटेको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


‘७ देखि ११ बजेको बीचमा प्रहरीले लगातार माइकिङ पनि गरेको छ, लाठी चार्ज पनि गरेको छ । यति हुँदाहुँदै ईपीएस कार्यालय जाने सन्दर्भमा बल प्रयोग गरेर तितरबितर गरेको अवस्था छ ।’ उनले भने, ‘हाम्रो सरोकार भनेकै ईपीएस कार्यालय संरक्षण र त्यसमाथि तोडफोड नहोस् भन्ने नै थियो । पछि एक्कासी माननीय मन्त्रीज्यूको गाडी आएपछि अवस्था बिग्रिएको देखिन्छ । यदि गाडी नआएको भए घटना यो हदसम्म जाने अवस्था थिएन ।’ मन्त्री र मन्त्रीको गाडीको सुरक्षा गर्नेक्रममा प्रहरी केही अगाडि गएको र त्यसले घटनाको क्षति बढी भएको बताए ।

त्यस्तै उनले घटनामा मन्त्रीको पीएसओले प्रयाप्त जानकारी लिन नसकेको बताए । कुँवरले घटनालाई मध्यनगर गर्दै त्यसअघि नै २१५ नेपाल प्रहरी परिचालन गरिएको र ८ जना प्रहरी घाइते भएको जानकारी दिए ।

बैठकमा सांसदहरुले प्रशासनको कमीकमजोरीक कै कारण बालकुमारी घटनामा दुई युवाको ज्यान गएको भन्दै निष्पक्ष छानविन गर्नुपर्ने माग गरेका थिए । समिति सदस्य रवि लामिछानेले वैदेशिक रोजगारमा जान लागेका युवाहरुको गृह प्रशासनले हत्या गरेको आरोप लगाए । गृह मन्त्रालयको नेतृत्वको कमजोरीका कारण उक्त घटना भएको उनले बताए ।

त्यस्तै समिति सदस्य गगन कुमार थापाले बालकुमारीमा भएको घटनामा मन्त्री लगाएत सबैलाई छानविनको दायरामा ल्याउनुपर्ने बताए । उनले ईपीएसमा धेरै अघि देखिएको समस्यमा समाधान समयमा नहुदा पनि घटना घट्न पुगेको बताए । थापाले माइतीघरको निषेधाज्ञा हटाउन पनि गृहमन्त्रीलाई सुझाव दिए ।

त्यस्तै समिति सदस्य रघुजी पन्तले बालकुमारी घटनामा गृहमन्त्रीको राजीनामाको कुरा आएकाले गृहमन्त्रीले नैतिक रुपमा सोच्नुपर्ने बताए । पन्तले उक्त घटनामा नेपालको प्रहरी प्रशासन गृहको नियन्त्रणमा नरहेको पुष्टि भएको जिकिर गरे ।