काठमाडौँ– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँडको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा सिट बाँडफाँटका बिषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसकेको हो । बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरुबीच आन्तरिक छलफल गरेर पुन गठबन्धनको बैठक बस्ने जानकारी दिए ।


ADVERTISEMENT

# # #


सत्ता गठबन्धनबीच राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा मात्रै छलफल भएपनि एमालेसँग भने समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको उनले बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचन आफ्नो दललाई शुन्य नवनाउन एमालेले आग्रह गरेपछि सिट व्यवस्थापनका बिषयमा गठबन्धनबीच छलफल भइरहेपनि कुनै निष्कर्ष आउन सकेको छैन । एमालेले सिट मागेपछि संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई एमालेले सघाउनुपर्ने गठबन्धनको शर्त छ ।