काठमाडौँ –भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आएका छन् ।


ADVERTISEMENT


काठमाडौंमा हुने नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन विदेशमन्त्री जयशंकर बिहीबार बिहान काठमाडौं आएका हुन् ।


ADVERTISEMENT

# # #


भारतीय विदेशमन्त्री जयशंकरलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरे । नेपालमा भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले विभिन्न दलका नेताहरुलाई समेत भेट्ने कार्यक्रम छ । उनी शुक्रबार मध्यान्ह नयाँदिल्ली फर्किनेछन् ।