काठमाडौँ – वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो र संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यूबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


बिहीबार सिंहदरबारस्थित् वन तथा वातावरण मन्त्रालयमा भएको भेटवार्तामा नेपाल सरकार र एफएओबीच रहँदै आएको निरन्तर समन्वय, सहकार्य तथा साझेदारीलाई आगामी दिनमा पनि निरन्तरता दिनेबारे कुराकानी भएको थियो ।


ADVERTISEMENT

# # #


भेटवार्तामा एफएओका महानिर्देशक क्यू डोङग्यूले नेपाल तथा नेपाली जनताका लागि प्रत्यक्ष आर्थिक प्रतिफल हुने खालका नवीन कृषिवनका चीनमा भएका सफल उदाहरणहरु नेपालमा कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

आगामी दिनमा समेत दुई पक्षबीच वन, वातावरण तथा जलवायु परिवर्तनजस्ता क्षेत्रमा सहकार्य गर्नेबारे उनीहरुबीच छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री डा. महतोले विगत सात दशकदेखि एफएओ नेपालको विकास प्रयासमा महत्वपूर्ण साझेदार रहँदै आएको उल्लेख गरे ।