काठमाडौं-नेपाली युवा स्ट्राइकर विमल घर्ती मगर भारतीय आइ लिग क्लब मोहन बगानसँग आबद्ध भएका छन्। थ्री स्टारसँग आबद्ध भएर टोलीलाई इटहरी गोल्डकप जिताउन महत्वपूर्ण भूमिका निभाएका मगरले यस सिजनको अन्त्यसम्म मोहन बगानसँग सम्झौता गरेका हुन्।


ADVERTISEMENT


विमल अब थ्री स्टारको टोलीसँग आहा-रारा गोल्डकपका नखेली भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनी सोमबारदेखि प्रशिक्षणमा संलग्न हुने भएका छन् । कलकत्ताको मोहनबगान अहिले ११ खेलबाट १७ अंकसहित तालिकाको चौथो स्थानमा छ । अब विमलले बाँकी सिजन मोहनबगानबाट खेल्नेछन् । आई लिग मार्चसम्म चल्नेछ ।


ADVERTISEMENT

# # #


यसअघि विमलले युरोपका केही क्लबहरुसँग ट्रायल पनि दिएका थिए। उनले डच क्लब ट्वेन्टेसँग २ साता प्रशिक्षण गरेका थिए भने बेल्जियम क्लब एन्डरलेक्टसँग लामो समय आबद्ध भई राम्रो अनुभव बटुलेका थिए। विमलले १४ वर्षको उमेरमै नेपालको लागि राष्ट्रिय टोलीबाट खेलेका थिए।

यसअघि पछिल्लो पटक पूर्व फरवार्ड हरि खड्काले मोहन बगानबाट खेलेका थिए। खड्काले १९९८ मा अन्तिम पटक खेलेका थिए। त्यसअघि नेपालका पुर्वस्टार डिफेन्डर पारस चौधरी पनि मोहन बगानमै आवद्ध थिए।