काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन संशोधनको तयारी भइरहेको बताएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा मन्त्री ज्वालाले पुरानो ऐनका कारण समस्या देखिएको भन्दै संशोधनको ड्राफ्ट तयार भइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगिसकेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले बिकाससंग जोडिएको ऐन कानूनलाई समयसापेक्ष बनाउनुपर्ने भएकाले मन्त्रालय अन्तर्गतको ऐन कानून परिमार्जनका बिषयमा पनि छलफल भइरहेको बताए । त्यस्तै मन्त्री ज्वालाले दक्ष कामदारको अभाव, आयोजना प्रमुख छिटो छिटो परिवर्तन लगाएतका कारणले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउन समस्या भइरहेको जिकिर गरे ।

मन्त्रिपरिषद्बाट निर्णय भएका थप तीन वटा भरतपुर, बिराटनगर र मुलपानी अन्तराष्ट्रिय रंगशाला समेत गरि अहिले राष्ट्रिय गौरवको आयोजना २४ वाट २७ पुगेको जानकारी दिदै मन्त्री ज्वालाले केहि राष्ट्रिय गौरवको आयोजनाहरुलाई घटाउने विषयमा समेत छलफल भइरहेको जानकारी दिए ।

बैठकमा समिति सदस्यहरुले मुलुकको सडकको अवस्था र सडक दुर्घटनाका बारेमा सरकारको ध्यानाकर्षण गराएका थिए । मन्त्री ज्वालाले सडक दुर्घटनालाई न्यूनिकरण गर्न सरकार गम्भीर रहेको बताए । अनुगमन प्रणालीलाई व्यवस्थित गर्न सके सडक दुर्घटना न्यूनिकरण हुने उनको भनाई छ ।

उहाले सार्वजनिक सडक ऐन र सडक सुरक्षा ऐन फmरक हुनुपर्ने मागलाई सम्बोधन गर्न दुई वटा विधेयकको मस्यौदा तयारी गरि अर्थमा पठाएपनि दुई ऐनलाई एउटै बनाउन अर्थबाट सुझाव आएको धारणा राखे ।

समितिले हुलाकी लोकमार्ग, पुष्पलाल (मध्यपहाडी लोकमार्ग), रेल्वे तथा मेट्रो विकास आयोजना, उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली) लोकमार्ग, उत्तर दक्षिण (कोशी) लोकमार्ग आयोजनाको हालसम्मको भौतिक÷ वित्तीय प्रगति, समस्या र चुनौतीका बारेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसंग छलफल गरेको हो ।