काठमाडौँ– श्रीधाम अयोध्यास्थित श्रीराम मन्दिरमा भगवान श्रीरामको बालस्वरूप विग्रहको प्राण प्रतिष्ठा हुन लागेको अवसरमा काठमाडौँको बालाजुस्थित संकीर्तन सहित नगर परिक्रमा, दीप प्रज्वलनका साथै दिव्य भण्डारा प्रसादको आयोजना गरिएको छ।


ADVERTISEMENT


सो कार्यक्रम प्राचीन उदासीन ब्रह्महरिदास समाधि स्थल (नानक मठ) मा २४ घन्टे अखण्ड श्रीरामनामको संगीतमय संकीर्तन सहित नगर परिक्रमा, दीप प्रज्वलनका साथै दिव्य भण्डारा प्रसादको आयोजना गरेर मनाइने बताएको छ ।


ADVERTISEMENT

# # #


यसै बीच आज १ः३० बजे देखि २ः४५ बजे सम्म प्राचीन उदासीन ब्रह्महरिदास समाधि स्थल (नानकमठं बाट म्हैपी–सामाखुशी– कपुरधारा– लैनचौर–ठमेल–सोह्रखुट्टे– नयाँबजार हुँदै विष्णुमतिपुल सम्म श्री राम नाम संकीर्तन गर्दै नगर परिक्रमा समापन गरिएको छ ।

आजै मध्यान्ह १२ः०० बजेदेखि भोलि ८ गते सोमवार मध्यान्ह १२ः०० बजे सम्म २४ घण्टे अखण्ड संगीतमय श्रीरामनाम संकीर्तनको कार्यक्रम चलिहेको छ। भोलि नै मध्यान्हमा भगवान श्रीरामको षोड्शोपचार पूजनसहित महाआरती एवं दिव्य भण्डारा प्रसादको आयोजना गरिने छ।

यसका साथै साँझमा आश्रम लगायत सबैका घरघरमा दीपावली गरेर श्री रामजीको प्राण प्रतिष्ठा महोत्सव भव्यरुपले मनाइने बताइएको छ ।

उक्त कार्यक्रममा भगबानमा आष्था राख्नुहुने श्रद्धालु, भक्तजन, पत्रकार एवं स्थानीय सर्वसाधारणको बाक्लो उपस्थिति थियो। जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठ प्राचीन हरिद्वार, वराहक्षेत्र, चतराधाम एवं महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका शाखा कार्यालयहरु चितवन, पोखरा, सुर्खेत विरेन्द्रनगर र साल्कोट शिवशक्तिधाम, पंचपुरीमा पनि यस्तै कार्यक्रम आयोजना गरिएको छ।

यसैगरी बिदेश स्थित भारत, अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलिया, फ्रान्स, डेनमार्क आदि मुलुकमा पनि विविध कार्यक्रम गरी श्रीरामललाको प्राण प्रतिष्ठा महोत्सव मनाइदैँछ।