काठमाडौँ– उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ । ।


ADVERTISEMENT


निर्देशक पदका लािग आवश्यक योग्यता नपुगेको भन्दै न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले पुनलाई तत्काल कामकाज नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो ।


ADVERTISEMENT

# # #


पाटन अदालतले कार्यकारी निर्देशक हुन आवश्यक योग्यता पुनसँग प्रथम दृष्टिमै नरहेको पाइएको आदेशमा उल्लेख गरेको छ ।

पुनलाई गत ४ पुसमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषदले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । सो निर्णय र पुस ५ गतेको नियुक्तिविरुद्ध भरत मरासिनीले पाटन उच्च अदालतमा रिट दायर गराएका थिए ।

‘विपक्षी लक्ष्मी पुनको व्यक्तिगत विवरणमा उल्लेखित योग्यता र अनुभव सो नियमावलीमा भएको माथि उल्लेखित योग्यता र अनुभवसँग प्रथम दृष्टिमा नै तादात्म्यता रहेको देखिएन’, आदेशमा भनिएको छ ।