विराटनगर– सुनसरी र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट सोमवार गाँजा र लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


विशेष सूचनाको आधारमा सोमवार दिउँसो सवा २ बजे अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीको टोलीले सुनसरीको देवानगंज गाउँपालिका–६ नहरचौक स्थीतमा रासिबाट भारततर्फ जादै गरेको को १ ह ५०९९ नम्बरको अटोबाट प्रति किलो ८० वटा पोकामा भएको जम्मा ८० किलो गाँजा बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


बरामद गाँजा सहित अटो चालक सुनसरीको धरान उप(महनगरपालिका–११ का २९ वर्षिय कुमार तामाङ र अटोमा सवार ३० बर्षिय राम बहादुर राई समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरीरहेको ईलाका प्रहरी कार्यालय देवानगंजले जनाएको छ ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले सोमबार भारतको अररीया जोगबनी–११ धर्मशालाका २० वर्षिय बिशाल पोदारलाई बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटस्थित भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा ३ ग्राम ११ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानिले जनाएको छ ।