काठमाडौं-निर्वाचन आयोगले आय–व्ययको सम्पूर्ण विवरण आगामी माघ मसान्तसम्म बुझाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।


ADVERTISEMENT


राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४१ को उपदफा १ मा आर्थिक बर्ष समाप्त भएको ६ महिनाभित्र आय–व्ययको लेखापरीक्षण कानुन बमोजिम इजाजतप्राप्त लेखा परीक्षकबाट गराई एक महिनाभित्र आयोगमा पेश गर्नुपर्ने व्यवस्था भएअनुसार गर्न आयोगले सम्पूर्ण दलहरुलाई आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


आयोगले आज सूचना जारी गरी आयोगसमक्ष लेखा परीक्षण प्रतिवेदन पेश गरेको एक महिनाभित्र प्रतिवेदन सार्वजनिक गर्न समेत सम्बन्धित सबै राजनीतिक दलको ध्यानाकर्षण गराएको छ । यस्तै, आयोगले प्रदेश सभा निर्वाचनमा उम्मेदवार र दलले गरेको खर्च विवरण पेश गर्न पनि आग्रह गरेको छ ।

प्रदेश सभातर्फ समानुपातिकको मतपरिणाम समेत आईसकेको अवस्थामा अन्तिम मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण पेश गर्न आयोगले सम्पूर्ण राजनीतिक दलहरुको ध्यानाकर्षण गराएको छ ।