काठमाडौं-प्रदेश सरकार समिकरणमा सहमति गरेका बाम गठवन्धनले फागुन पहिलो सातासम्ममा प्रादेशिक सरकार गठन गरिसक्ने बताएका छन् ।


ADVERTISEMENT


बाम गठवन्धन कार्यदलले हिजो स्पष्ट बहुमत पुगेका २ नम्बर प्रदेश वाहेकका ६ वटा प्रदेशमा मुख्यमन्त्रीमा ४/२ को भागवण्डा गरेका थिए । कार्यदलले सहमति गरेसँगै दुवै पार्टीले फागुन पहिलो सातासम्ममा प्रादेशिक सरकार गठन गर्ने गरी आन्तरिक छलफल तीब्र पारेका छन् ।


ADVERTISEMENT

# # #


सहमति अनुसार एमालेले प्रदेश नम्बर १, ३, ४ र ५ मा मुख्यमन्त्री पाएको छ भने माओवादी केन्द्रले प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाएको छ । दुवै पार्टीमा आन्तरिक छलफल गरी फागुन पहिलो सातासम्म प्रादेशिक सरकार गठन भईसक्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन् । ए

मालेले ५ नम्बर प्रदेशमा शंकर पोखरेललाई मूख्य मन्त्री बनाउने पक्का पक्की भएको छ भने १, ३ र ४ मा मुख्य मन्त्रीबारे निर्णय गरिसकेको छैन । प्रदेश नम्बर १ मा शेरधन राई र भिम आचार्यको नाम चर्चामा छ भने प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डे पहिलो पंक्तिमा देखिएका छन् ।

यस्तै प्रदेश नम्बर ४ मा किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङको नाम चर्चामा छ । माओवादी केन्द्रले पार्टीको भागमा परेका प्रदेश नम्बर ६ मा महेन्द्रबहादुर शाही र प्रदेश ७ मा वीरमान चौधरीलाई मुख्य मन्त्री बनाउने तयारी गरेको छ । शाही र चौधरीको नाममा पार्टीमा सहमति भईसकेको माओवादी केन्द्र उच्च श्रोतले जनाएको छ ।

२ नम्बर प्रदेशमा बहुमत प्राप्त गरेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीमा पनि सरकार गठनबारे छलफल भईहेको छ । यद्यपी मुख्यमन्त्रीमा दुवै दलले दाबी गरेपछि सहमतिको प्रयास सफल हुन सकेको छैन ।