काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर गणतन्त्र दिवसको शुभकामना दिएका छन् । पत्रमा ‘वेटिङ प्राइममिनिस्टिर’ का रुपमा हेरिएका ओली आफू भारत सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएका छन् ।


ADVERTISEMENT


गत शुक्रबार भारतीय दूतावसले गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी नभएका ओलीले मोदीलाई पत्र लेखेर गणतन्त्र दिवसको शुभकामना दिएका हुन् ।


ADVERTISEMENT

# # #


ओलीको पत्रलाई भारतसँग सम्बन्ध सुधारको उनको प्रयासको रुपमा हेरिएको छ ।

यता, वाम गठबन्धनसँग भारतले पनि सम्बन्ध सुधार गर्न चाहेको देखिन्छ । पछिल्लो एक महिनाको अवधिमा भारतीय प्रधानमन्त्री मोदीले एमाले अध्यक्ष केपी ओलीलाई दुई पटक सम्म टेलिफोन गरेर प्रधानमन्त्रीका लागि अग्रिम शुभकामना दिएका थिए ।

पत्रमा ओलीले प्रधानमन्त्री मोदी र भारतीय जनतालाई गणतन्त्र दिवसको शुभकामना दिँदै लेखेका छन्, ‘नवनिर्वाचित जनप्रतिनिधि र संसदमा सबैभन्दा ठूलो दलको नेताको हैसियतले म तपाईं र तपाईंको नेतृत्वको सरकारसँग दुई देशको हितका लागि मिलेर काम गर्न उत्सुक छु ।’

 

-रातोपाटीबाट