काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन् ।


ADVERTISEMENT


मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नेछन् ।

रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।