काठमाडौं-सर्वोच्च अदालतले तरकारीमा जथाभावी कीटनाशक औषधि प्रयोग गर्ने तथा त्यस्तो तरकारी उपभोक्तासमक्ष पुर्याउने कार्यमा तत्काल रोक लगाउन नेपाल सरकारको नाममा परमादेश जारी गरेको छ ।


ADVERTISEMENT


न्यायाधीशहरु पुरुषेत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले तरकारीमा विषाक्त औषधि राखी उपभोक्तामा पुर्याउने कार्यमा रोक लगाउन उचित प्रक्रिया थाल्न सरकारका नाममा आदेश दिएको हो ।


ADVERTISEMENT

# # #


किसान तथा व्यापारीले विषादी प्रयोग गरेको तरकारी बजारमा पठाउने चलनले मानव स्वास्थ्यमा असर परेको भन्दै त्यस्तो कार्य रोक्न मागसहित सार्वोच्चमा निवेदन परेको थियो । निवेदनमा अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतबाट यस्तो कार्यमा रोक लगाउन आवश्यक बन्दोबस्त मिलाउन सोमबार निर्देशनात्मक आदेश जारी भएको छ ।

कानुन कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको उललेख गर्दै सर्वोच्चले कानुन कार्यान्वयनमा कडाइ गर्न सरकारी निकायलाई आदेश दिएको छ ।

फैसलाको पूर्णपाठ भने पछि सार्वजनिक हुने सर्वोच्चले जनाएको छ । आजको नागरिक दैनिकबाट