काठमाडौं-नेपालमा इन्धन बिक्रीमा एकाधिकार पाएको भारतले नयाँ प्रधानमन्त्री आएपछि मात्र नेपाल भारत (रक्सौल-अमलेखगन्ज) पेट्रोल पाइपलाइन निर्माण सुरु गर्ने भएको छ ।


ADVERTISEMENT


पाइपलाइनको लागि धमाधम पाइप नेपाल भित्रिरहे पनि भारतले नयाँ सरकार बनेपछि पाइपलाइन निर्माण थाल्ने संकेत गरेको छ । वाम गठबन्धनको बहुमत रहेकाले भावी प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई हेरिएको छ ।


ADVERTISEMENT

# # #


राजनीतिक स्वार्थ पूरा गर्न साढे दुई बर्षअघि इन्धनमा नाकाबन्दी लगाएको भारतले नयाँ बन्ने रक्सौल-अमलेखगन्ज पेट्रोल पाइपलाइनको शिलान्यास नयाँ प्रधानमन्त्रीबाट गरेर राजनीतिक सन्देश दिने तयारी गरेको हो ।

नेपाल आयल निगमका एक अधिकारीले भने,

-पाइप आए पनि भावी सरकारको नयाँ प्रधानमन्त्रीबाट शिलान्यास गर्ने सन्देश आएको छ ।
-निर्माण सुरु गर्न केही समय लाग्ने देखिएको छ ।

दुई देशको लागि रणनीतिक महत्वको परियोजना भएकाले प्रधानमन्त्रीद्धारा पाइपलाइनको शिलान्यास गर्ने योजना बनाएको हो । इन्डियन आयल कर्पोरेसनका अधिकारीले निगमलाई उपल्लो तहबाट शिलान्यासको मिति टुंगो लगाउने संकेत गरेका छन् ।- आजको नागरिक दैनिकबाट