काठमाडौं-लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिल्डविरूद्ध सहज जित हात पारेको छ । हडर्सफिल्ड क्बल विरुद्ध मंगलबार राति भएको खेलमा लिभरपुल ३–० गोलको विजयी भएको हो । हडर्सफिल्डको घेरेलु मैदानमा लिभरपुललाई जिताउन इम्री क्यान, रोबेर्टो फिर्मिनो र मोहमद सलहले गोल गरे । घरेलु टोली हडर्सफिल्ड लिभरपुलविरुद्ध सुरुवाती देखि नै दबाबमा खेलेको थियो ।


ADVERTISEMENT


खेलको २६ औं मिनेटमा क्यानले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफको अन्तिम समयमा रोबेर्टो फिर्मिनोले गोल गर्दै लिभरपुललाई दोब्बर अग्रतामा पुर्‍याएका थिए । दोस्रो हाफमा लिभरपुलले थप १ गोल गरेको हो । हडर्सफिल्डले गोल गर्ने केही राम्रा अवसर खेर फालेको थियो । खेलको ७८ औं मिनेटमा मोहमद सलहले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई ३–० गोलको जित दिलाएका हुन् ।


ADVERTISEMENT

# # #


जित पछि लिभरपुल लिगको चौथो स्थानमा याथवत छ । लिभरपुलको २५ खेलबाट ५० अंक भएको छ। लिगको शीर्ष स्थानमा भने म्यान्चेस्टर सिटीको २४ खेलबाट ६५ अंक रहेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको समान २४ खेलबाट ५३ अंक रहेको छ । साविक विजेता चेल्सी भने २४ खेलबाट ५० अंक जोड्दै तेस्रो स्थानमा छ।