काठमाडौं – आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को तयारीका लागि युएईमा रहेको नेपाली क्रिकेट टिम र युएईको ए टिमसँग दोस्रो अभ्यास खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले तेहेरो अर्धशतक प्रहार गरेका छन् ।


ADVERTISEMENT


उपकप्तान ज्ञानेन्द्र मल्लले ९७ बलमा शतक प्रहार गरे भने १३१ बलमा १५४ रन बनाएर पेवेलिएन फार्किए । उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनर ज्ञानेन्द्रले राम्रो प्रदर्शन गरेपनि नेपालले उत्कृष्ट अंकतर्फ गइरहेको छ । पछिल्लो समयमा नेपालका ओपनर्सको राम्रो ब्याटिङ नभई रहेको अवस्थामा ज्ञानेन्द्रको शतकीय प्रदर्शनले केही राहत दिएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै, नेपालका अर्का ओपनर दिलिप नाथले पनि अर्धशतक बनाए । उनी ७९ बलमा ६४ रन बनाएर आउट भए । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि दुबै ओपनर्सले राम्रो प्रदर्शन गरेका थिए । ज्ञानेन्द्र र दिलिपले १४२ रनको साझेदारी गरेका थिए । नेपालका लागि अनिलकुमार शाह भने सस्तैमा आउट भए । अनिल १४ रन बनाएर आउट भए । अनिलपछि ब्याटिङमा आएका दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । ऐरी ३१ रनमा अविजित छन् ।

४८ओभरको समाप्तिमा नेपालको स्को ४ विकेटको क्षतिमा ३२१ रन भएको छ । मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपालले युएईको ए टिमलाई २५ रनले पराजित गरेको थियो ।