काठमाण्डौं– सर्वाेच्च अदालतले भक्तपुर कटुन्जेका आधा दर्जन घर भत्काउन डोजर नलगाउनु भनी आदेश दिएको छ ।


ADVERTISEMENT


सर्वाेच्च अदालतका न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासबाट साविक कटुन्जे वडा नं. २ को हाल सूर्वविनायक नगरपालिका वडा नं. ५ अन्तर्गत रहेका एक दर्जन भन्दा बढी घरधुरीलाई असर पर्नेगरी डोजर नचलाउन आदेश दिएको हो । सो विषय यथावत राखी छलफलमा आउन समेत सूर्यविनायक नगरपालिका, वडा नं. ५ र यसका वडा अध्यक्ष राजकुमार जोशी तथा डिभिजन सडक कार्यालयलाई छलफलका लागि समेत झिकाएको छ ।


ADVERTISEMENT

# # #


बरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता अनन्तराज लुईंटेलले बुधबारको बहसका क्रममा स्थानीयवासीमाथि संविधान, कानुन र अदालतले स्थापित गरेको मापदण्ड विपरित जवर्जस्तीपूर्ण ढंगले जनताको आवाशको अधिकारमा खलल पु¥याउने काम गरेकोले तत्काल अन्तरिम आदेश जारी गर्न माग गरेका थिए ।

सूर्यविनायक न.पा. वडा नं. ५ बस्ने इन्दिरा नेउपाने सहितका टोलबासीले दायर गरेको उक्त रिटमा ५ नं. वडा कार्यालयले २०७४ माघ ३ गते गैर कानुनी पत्र पठाई डिभिजन सडक कार्यालयलको हवाला दिएर जोशी टोलमा सूचना टास भएपछि स्थानीयवासी आतंकित भएर सर्वाेच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

‘हामी टोलबासीलाई आतंकीत गराएकाले सो विषयमा के भएको रहेछ भनी विपक्षी डिभीजन सकड कार्यालय भक्तपुरमा गई सामुहिक रुपमा माघ ७ मा निवेदन दर्ता गराई आफ्नो कुरा राख्न खोज्दा हामीहरुको कुरै नसुनी जबर्जस्ती रुपमा सडक विस्तारको काम अघि बढाइने र सो को लागि आवश्यक परिपत्र समेत भइसकेको र तत्कालै उक्त कार्य थालनी हुने सम्मको धम्की दिएकाले बाध्य भई अदालतमा उपस्थित हुनुपरेको पनि उनीहरुले सोमबार दायर गरेको रिट निवेदनमा उल्लेख छ ।