-Aghori Shmashaneshwor Chandi-


ADVERTISEMENT


काठमाडौं – सनातन धर्मालम्वी ज्ञानी, ध्यानी, तपस्वी, विद्धान सर्वजन लाई १५२ वर्षपछि आज माघ १७ गते बुधबार अर्थात आज माघ शुक्ल पुर्णिमाका दिन लाग्ने खग्रास चन्द्रग्रहणको हार्दिक मंगलमय शुभकामना । ग्रहण ग्रह हरण होइन ग्रहण गर्न सक्ने सामर्थ्यवान मनुष्यहरुका लागि समय चक्रले निर्धारण गरेको शुभ अवसर हो । वैदिक सनातन सभ्यतामा ग्रहणको घडीमा प्राप्त शुभ अवसरलाई साधक साधिकाले सदगुरुवाट प्राप्त जप, तप, ध्यानमा रहेर मन्त्र साधना गर्न उपयोग गर्दछन । ग्रहणको समयमा साधना गर्दा मन्त्रको प्रत्यक्ष प्रभाव अनुभुत गर्न सक्ने वा पुर्णताको चरणमा रहेका साधक साधिकाहरुले आफ्नो साधना लाई सिद्ध गर्न सक्ने सनातन बिश्वास आज पर्यन्त विद्यमान छ।


ADVERTISEMENT

# # #


हामी सभ्यताको पुनर्जागरण र पुनर्स्थापनाका लागी आफु आफुमा उत्साही छलफल र तर्क वितर्क सकृयता पूर्वक गर्दछौ, तर त्यसलाई व्यवहारिक र मूर्तरूप दिने संवन्धमा आफै चुक्छौ वा आफै हराउदछौ । यो हाम्रो पछिल्ला घटनाक्रम र हाम्रा प्रयोगहरूले देखाएका वास्तविकता हुन् । ग्रहण किमार्थ त्याज्य विषय होइन ग्रहण भनेको ग्रहण गर्नु वा प्राप्त गर्नु हो । भौतिक मतमा वा शरिरजन्य सुरक्षाका संम्वन्धमा ग्रहण लाई भय र त्रासको रूपमा लिईन्छ । ग्रहणको समयमा खराव विकिरणहरू नआउने होईनन् , यी विकिरणहरूको प्रभाव वाट वच्न भोजनादि मानविय जिवन सँग सम्वन्धित कुनै पनि भौतिक कार्य गर्न वर्जित गरिएको हो । तर , आध्यात्मिक कृयाकलापहरू गर्न ग्रहणको घडिलाई उपयुक्त मुहर्तको रूपमा लिईन्छ ।

आजको वर्तमान मानविय आलस्यता र अनुदानमुखि परनिर्भर चरित्र , सदगुरूदेवहरूको पलायन र भौतिक कृयाकलापले युक्त अतिसय आसक्तिका कारण सांस्कारिक ज्ञान विज्ञान न चिन्ता न चिन्तन कै विषय बनाइयो । आध्यात्मिक कृयाकलाप र यस सँग सम्वन्धित ज्ञान विज्ञान हराएको मात्र होईन पाखण्डी र जीवनहाराले अवलम्वन गर्ने विषय हो भन्ने ध्वनी यत्र(तत्र( सर्वत्र गुञ्जयमान गराइयो ।

प्रभाव र प्रभुत्वको आधारमा आफु अनुकूलका शास्त्र र सास्कारिक विधा, विषय र विधान रचिन पुगे तर सवल पद्धति र प्रकृयाले युक्त प्रणालीगत शास्वत ज्ञान विज्ञान धरासायी वन्न पुग्यो । परिणामत स् सनातन सभ्यतामा आधारित ज्ञान विज्ञान अवलम्वन गरी सवल जीवन व्यथित गरेका पुर्वजहरुका निर्वल सन्ततिहरू जसोतसो समाजमा टिकेका सामान्य सॉस्कारिक कृयाकलापहरू लाई उपभोग र अवलम्वन गर्न समेत दुर्वल वन्न पुगे । यो तथ्य आजको लोक र दुनियाँका सामु ग्रहण पछि उदाएको सूर्य र चन्द्र झै छर्लङ्ग छ । यो उद्घाटित सत्यलाई सभ्यताको उदय, आगमन र विघटन गर्न लालाईत र उत्साहित सवै मनुष्यले आत्मसाथ गर्नु आवश्यकता मात्र होईन वाध्यता र अनिवार्य भैसकेको छ ।

मानविय शारीरिक ईच्छा र आकांक्षाका खातिर शरिर सेवा र सहयोग गर्नु विवस जिवनको एउटा परिस्थितिजन्य वाध्ययात्मक स्वीकारोक्ति हुनसक्छ । तर, आफ्नो आत्मविश्वास र स्वाभिमान नै समर्पण गर्नु हामी स्वयं माथिको घोर अन्याय र अपमान हो भन्ने तथ्यलाई स्वीकार गर्नु पहिलो दाईत्व हो । उथल पुथल , सुख दुसख स् सांसारिक नियम र व्यवहार हुन । ठुला र साना , कमजोरमाथि वलियाको राज गर्ने आलोपालो चरित्र सनातन देखि वर्तमान सम्म चलिआएको रित नै हो । यस वास्तविकता लाई हामी विश्वज्ञान गुरू भूमिका सनातन संस्कार र हिन्दु विज्ञानका हिमायतिले वुझेर वुझपचाउने विषय किमार्थ वनाउन हुदैन । हाम्रा आधारभूत मुल्य, मान्यता र सभ्यता माथि छेद प्रवेश गरेको हामीले पत्तै पायनौ । व्यक्ति व्यक्ति मा विभक्त र मस्त दुनियॉमा जव हामी पालै पालो लुटिएको, वेचिएको पत्तै नपाई आफु आफुमा सासक वन्ने वानाउने रम्ने र गम्ने कार्य मा मस्तरह्यौ । नतिजास् आजको वेहाल यथार्थ आफु आफै भित्र स्वयं मुरमुरिने शिवाय केही हातलागेन । अझै हामी आफ्ना गुमेका अमुल्यनिधीहरूको पुनस्थापनाको समाधान होईन समस्या नै ओकलीरहेका छौ ।

हामीले आफ्नो भाषा वोल्दा हिन सोच्यौ , आफ्नो मौलिक पोशाक लगाउदा लज्जानुभूति गर्यौ , आफ्ना विशिष्ट महत्वका पर्वहरू मनाउदा रूढ़िवादी र ढुंगे युगिन भएको सोच्न पुग्यौ, तपोभूमीका तपस्वीलाई मगन्ते, भिखारी र पाखण्डी सोच्यौ । सोच्दा( सोच्दै , फेर्दा( फेर्दै , सभ्य र आधुनिक हुने लहड र लहरमा आफ्नो मानसिकता भन्दा वॉकी सवै वदल्ने कार्यमा उद्दत भयौ । वसुधैव कुटुम्बकम्को मान्यता लाई अवलम्वन गर्ने हामी सनातन धर्मालम्वीहरु दुनियाको कुनै जीवलाई हिन भावले हेर्दैनौ त्यसैले हामी हिन्दु पनि हौ । विडम्बना वर्तमान संसारमा हामी सवैभन्दा हिन भावनाले ग्रस्त मात्र छैनौ, आफु आफैलाई हिन सोच्दछौ । के हाम्रो दाईत्व र समाधान हिनता भित्रको घृणतानै हो त रु संसारको आदिम ईतिहॉस का पंडित,पाठित र संरक्षक हामी सनातन धर्मावलम्बिले नवुझेको सत्य यो होईन की कुनै पनि राष्ट्र र जातिको सर्वनास त्यतिवेला भएकाछन् जतिवेला त्यस राष्ट्र र समाजको मौलिक पहिचान, भाषा, साहित्य र सांस्कृतिक आधारहरूलाई छिन्नभिन्न र तहसनहस वनाईएकाछन् । अव हाम्रो दाईत्व समस्या वोकेर हिड्ने होईन समाधान खोज्नेहो । समस्या छ भने समाधानपनि पक्कै छ । समाधान हामी सँगै छ ।समाधान चतुरमुख भएर चारदिशा तर्फ फर्केर होईन एकमुख भएर, एकिकृत र एकाग्र भएर निकाल्न सकिन्छ , निकाल्नु पर्दछ र निकाल्न सकिन्छ । यो हाम्रो आवश्यकता हो । खग्रास चन्द्रग्रहणको दिन एवं माघ शुक्ल पूर्णिमा श्री स्वस्थानी ब्रतकथा समापनको उपलक्ष्यमा सवै साधक साधिकाहरु लाई कर्म सिद्धि मिलोस । साथै, हामी सवै लाई जागरुक र चैत्यन्य बनाउन माता चण्डीको अनुकम्पा मिलोस भनि प्रार्थना गर्दछु ।

” आत्माको योग पर(आत्मा संग ” जय अघोर ।