काठमाडौं-बूढीगण्डकी आयोजनाबाट प्रभावितलाई वितरण गर्न छुट्याइएको मुआब्जामध्ये २० करोड रुपैयाँ कागजपत्र नमिलेको भन्दै स्थानीय प्रशासनले फर्काएको छ ।


ADVERTISEMENT


मालपोत, नापी र आयोजनाबीच समन्वयको अभवमा एक सय ९ घरधुरीका कागजातहरु मिल्न नसकेपछि उक्त रकम फर्केको छ ।


ADVERTISEMENT

# # #


आयोजना प्रभावितलाई मुआब्जा वितरणका लागि सरकारले चालु आर्थिक बर्षमा १० अर्ब रुपैयाँ छुट्याएको थियो । आर्थिक बर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले उक्त रकम खर्च गर्न सकेको छैन ।

आयोजनाका संयोजक कृष्ण कार्कीले भने,

-सरकारले बजेटमार्फत छुट्याएको रकम पहिले कत्ति पनि खर्च हुन सकेको थिएन ।

-स्थानीय प्रशासन, मालपोत कार्यालय, नापी कार्यालयमा कर्मचारी अभावमा मुआब्जा वितरणको कामले गति लिएको थिएन ।-आजको कान्तिपुरबाट