काठमाडौं-कलंकीस्थित सगुन होटलमा जुवा खेलिरहेका जुवाडेलाई नियन्त्रणमा लिनुको साटो उल्टै धम्काएर रकम लुटेपछि प्रहरीका एक सई र जवान कारबाहीमा परेका छन् ।


ADVERTISEMENT


सोमबार भएको घटनामा पीडित जुवाडे मोबाइल खोज्दै कालिमाटी वृत्तमा पुगेपछि प्रहरीले लुटेको खुलासा भएको छ। होटलमा जुवा खेलिरहेको सूचना पाएपछि सई मदनबहादुर मल्ल र जवान मनोहर बुढा होटलमा पुगेका थिए ।


ADVERTISEMENT

# # #


उनीहरुले जुवाडेहरुलाई सामान र पैसा छाडेर भाग भन्दै खालमा रहेको साढे ४ लाख रुपैयाँ र मोबाइल लिएर मल्ल र बुढा होटलबाट निस्किए । प्रहरी प्रभाग थानकोटमा कार्यरत उनीहरुले रकम र मोबाइल लुटेरा शैलीमा लेगेपछि पीडितहरु प्रहरी वृत्त कालिमाटी पुगे ।

वृत्तले अनुसन्धानको क्रममा मल्ल र बुढाको संलग्नता खुलेपछि दुवैलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाएको थियो ।

परिसर टेकुले बुढालाई निलम्बन गरेको छ भने, सई मल्ललाई निलम्बनका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा पत्र पठाएको छ ।-आजको अन्नपूर्ण पोस्टबाट