रोल्पा-सुकीदह गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ ।

फरक फरक नाम र समयमा दुईवटा नागरिकता लिएको भन्दै मुद्दा दर्ता गरिएको हो । स्थानीयवासी हरिबहादुर पुनले बुधबार जाहेरी दर्ता गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराइले मुद्दा दर्ता भएपछि अनुसन्धान थालिएको बताए । ‘तत्काल अनुसन्धान थाल्न मुद्दा शाखालाई निर्देशन दिइसकेको छु’ उनले भने ।

यसअघि जाहेरीकर्ता पुनले राजनीतिक दबाबमा प्रजिअले मुद्दा दर्तामा आनाकानी गरेको आरोप लगाउँदै आएका थिए ।-आजको कान्तिपुरबाट

प्रतिकृया

प्रतिकृया