काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबा चेल्सीले कमजोर प्रतिद्वन्द्वीसँग लज्जास्पद हाल व्यहोरेको छ । तुलनात्मक रुपमा कमजोर मानिएको बोर्नमाउथसँग ३-० को हार व्यहोर्दै चेल्सीले लिभरपुललाई पछि पार्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लने मौका समेत गुमायो ।


ADVERTISEMENT


चेल्सीको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको पाहुना टोली बोर्नमाउथले ५१ औं मिनेटमा कालम विल्सनले गोलबाट अग्रता लियो । ६४ औं मिनेटमा जुनियर स्टानिसलास र नाथन एकेले ६७ औं मिनेटमा गोल गरेका थिए ।


ADVERTISEMENT

# # #


१६ मिनेट भित्रै तीन गोल खाएको चेल्सीले खेलमा फर्किने प्रयास गरेर पनि सफल हुन सकेन । बोर्नमाउथको लिगका पछिल्ला सात खेलमा यो पहिलो जित हो भने चेल्सीको यो सिजन लिगमा दोस्रो खराब हार हो ।

हारपछि चौथो स्थानमा झरेको चेल्सीको २५ खेलबाट ५० अंक छ । समान खेलबाट समान अंक रहेको लिभरपुल गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ ।

बुधबारको खेलमा जित वा बाराबरी नजितामा मात्रै निकालेको भए चेल्सी तेस्रो स्थानमा उक्लने थियो । चेल्सीलाई हराउँदै दशौँ स्थानमा उक्लिएको बोर्नमाउथको २८ अंक भएको छ ।