दार्चुला– राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिटबाट पनि विद्युत उत्पादन सुरु भएको छ । बिहीबारबाट उत्पादन सुरु भएसँगै दोस्रो युनिटको विद्युत पनि बिहीबारबाटै राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।


ADVERTISEMENT


दार्चुलाको शिखर बलाँचमा रहेको उक्त आयोजनाको १५र१५ मेगावाट क्षमताका दुईवटा युनिट रहेका छन् । अब दुईवटै युनिटबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिसकेको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पुस २८ गते पहिलो युनिटबाट १५ मेगावाटको विद्युत् उत्पादन थालेर राष्ट्रिय प्रशारण लाइनमा जोडिएको थियो भने बिहीबाबाट अर्को युनिटको विद्युत उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो ।

दोस्रो युनिटको वेइट टेस्टकै क्रममा राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो । साथै फेब्रअरी १० सम्म दुबै युनिटबाट विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्य लिएको चमेलिया जलविद्युत् आयोजनाले दुबै युनिटबाट विद्युत् उत्पादन थालेर राष्ट्रिय प्रशारण लाइनमा जोडेको हो ।

साथै फेब्रअरी १० पश्चात् विश्वसनीय परीक्षण लगायतका बाँकी रहेका परीक्षणहरु गरिने आयोजना प्रमुख दाहालले बताए ।

सन् २००७ सालदेखि निर्माण कार्य थालेको आयोजनाल सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौता भन्दा झण्डै ६ वर्ष पश्चात् ३० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।