काभ्रे– माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले केही दिनमा एमाले र माओवादीबीच एकता हुने बताएका छन् । बिहीबार काभ्रेको महाभारत गाउँपालिका पुगेका प्रचण्डले प्रतिक्रियावादीहरु सल्बलाएकोले जनतालाई नयाँ सन्देश दिदै केही दिनमै पार्टी एकता गर्ने बताएका हुन् ।


ADVERTISEMENT


गाउँपालिकाले जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुलाई सम्मान गर्न आयोजित गरेको कार्यक्रमलाई सम्बाधन गर्दै प्रचण्डले भने,’वाम एकता रोक्न प्रतिक्रियावादीहरु सल्बलाएका छन्, हामी केही दिनमै पार्टी एकता गरेर नयाँ संदेश दिन्छौं ।’


ADVERTISEMENT

# # #


अध्यक्ष प्रचण्डले ७० वर्षदेखि अहिलेसम्म यस्तै प्रतिक्रियावादीहरुले देशलाई अगािड बढ्न नदिएको भन्दै अब उनीहरुको योजना सफल हुन नसक्ने दावी गरे ।

यसैबीच प्रचण्डले काभ्रेवासीलाई प्रदेश नं. ३ को राजधानी काभ्रेमै हुनसक्ने आश्वासन समेत दिएका छन् । अहिलेको सरकारले तोकेको राजधानी अस्थायी भएको भन्दै प्रचडले आवश्यकता अनुसार प्रदेशसभा सरकारले काभ्रेमै राजधानी बन्न सक्ने बताएका हुन् ।

कार्यक्रममा एमाले नेता तथा सांसद गोकुल बास्कोटासहित काभ्रेबाट विजयी भएका प्रतिनिधिसभा र प्रदेशसभा सांसदहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागी हुन प्रचण्ड हेलिकोप्टरमा महाभारत गाउँपालिकामा पुगेका हुन् ।