काठमाडौं-मंसिर १० मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा डोल्पाका उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ अनि प्रदेशसभा निर्वाचन क्षेत्र नं क र ख रहेको डोल्पामा प्रतिनिधि र प्रदेशसभा गरी १० जना उम्मेदवारले चुनवामा भाग लिएका थिए ।


ADVERTISEMENT


१८ हजार ९ सय ८९ जना मतादाता रहेको डोल्पाका सबै उम्मेदवारले निर्वाचन खर्च बुझएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारी दिएको छ । प्रतिनिधिसभाका कांग्रेसका अंगतकुमार बुढाले २० लाख १३ हजार, वाम गठबन्धन तथा एमालेका धनबहादुर बुढाले सात लाख तीन हजार, नेकपा मालेका हर्कबहादुर ठकुल्लाले ६ लाख १२ हजार र राष्ट्रिय जनमुक्ति पार्टीका अर्जुनबहादुर शाहीले पाँच लाख ४५ हजार खर्च गरेको विवरण जिल्ला निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी सुमन राईले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रदेशसभा ‘क’मा कांग्रेसका उम्मेदवार बेगम सिंह ठकुरीले तीन लाख ९० हजार ८ सय र वाम गठबन्धन तथा एमालेका नन्दसिंह बुढाले ६ लाख ५१ हजार आठ सय खर्च गरेको विवरण बुझाएका छन् ।

प्रदेशसभा निर्वाचन ‘ख’मा कांग्रेस उम्मेदवार सुरेशबहादुर शाहीले तीन लाख ९० हजार आठ सय, माओवादी केन्द्रका वीरबहादुर शाहीले आठ लाख ९९ हजार २ सय ५०, नयाँ शक्ति पार्टी नेपालका पुष्पराज बुढाले दुई लाख ३५ हजार र स्वतन्त्र उम्मेदवार जयबहादुर डसाले दुई लाख १५ हजार खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा डोल्पाका सबै क्षेत्रमा वाम गठबन्धनले विजय हासिल गरेको छ ।