काठमाडौँ– काठमाडौँमा आजदेखि सुरु भएको द्विपक्षीय टी–२० सिरिजको पहिलो खेलमा टेस्ट राष्ट्र आयरल्याण्डको ‘ए’ टोली आयरल्याण्ड वुल्भ्सले नेपाल ‘ए’ टोलीलाई २२३ रनको विशाल चुनौती दिएको छ ।


ADVERTISEMENT


शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनाएको हो । आयल्याण्डलाई विशाल योगफलसम्म पुर्याउने क्रममा पिटर मूरले सर्वाधिक ४९ रन हाने । त्यसक्रममा उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


यस्तै केड कार्मिकल र कप्तान नेल रकले समान ३८–३८, स्टेफिन डोहेनीले ३४ तथा ग्रेथ डिलानीले नटआउट ३० रन बनाए । आयल्याण्डका ब्याटरले कूल १४ वटा छक्का र १५ वटा चौका प्रहार गरे ।

बलिङतर्फ नेपाल ‘ए’का कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । करिब डेढ वर्षपछि पुनरागमन गरेका कमलले ४ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । यस्तै सागर ढकाल र आरिफ शेखले समान १–१ विकेट लिए ।

नेपाल ‘ए’ र आयल्याण्डबती ३ वटा टी–२० र ३ वटा एकदिवसीय खेल हुँदैछन् ।