काठमाडौँ – काठमाडौँमा आजदेखि सुरु भएको द्विपक्षीय टी–२० सिरिजको पहिलो खेलमा टेस्ट राष्ट्र आयरल्याण्डको ‘ए’ टोली आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ टोली पराजित भएको छ । लोकेश बम र आरिफ शेखले विष्फोटक ब्याटिङ गरे पनि अन्तिममा सम्हालिन नसक्दा नेपाल ‘ए’ २१ रनले पराजित हुन पुगेको हो ।


ADVERTISEMENT


आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको विशाल चुनौती पच्छ्याइरहेको नेपालले ओभरमा विकेट गुमाउँदै  १९.३ ओभरमा सबै विकेट गुमाउँदै २०१ रन मात्रै बनाउन सक्यो । नेपालको लागि लोकश बमले शतकीय पारी खेले । आयरल्याण्डका बलरमाथि हावी भएका उनले ५६ बलमा ९ चौका र ८ छक्का ठोक्दै १०६ रन बनाए । उनले आरिफ शेखसँग मिलेर चौथो विकेटका लागि १२१ रनको साझेदारी गरे। तर, उनी आउट भएपछि नेपालको आरालो यात्रा सुरु भयो । अन्तिम २४ बलमा ३४ रन चाहिए पनि नेपालले २१ बलमा १२ रन मात्रै जोडेर ६ विकेट गुमाएपछि हार व्यहोर्न पुगेको हो ।


ADVERTISEMENT

# # #


त्यसक्रममा आरिफले २६ बलमा १ चौका र ५ छक्काको मदतमा ४९ रन बनाए । विनोद भण्डारी १६ रनमा आउट हुँदा अन्यले दोहारो अंक छुन सकेनन् । आयरल्याण्ड ‘ए’ का लागि म्याथ्यू होम्फ्रेयस र फियोन ह्याण्डले समान ३–३ तथा म्या्रथ्यू फोस्टरले २ तथा थोमस मायस र ग्याभिन होयले समान १–१ विकेट दिए ।

यसअघि आयल्याण्डलाई विशाल योगफलसम्म पुर्याउने क्रममा पिटर मूरले सर्वाधिक ४९ रन हानेका थिए । त्यसक्रममा उनले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै केड कार्मिकल र कप्तान नेल रकले समान ३८–३८, स्टेफिन डोहेनीले ३४ तथा ग्रेथ डिलानीले नटआउट ३० रन बनाए । आयल्याण्डका ब्याटरले कूल १४ वटा छक्का र १५ वटा चौका प्रहार गरे ।

बलिङतर्फ नेपाल ‘ए’का कमलसिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । करिब डेढ वर्षपछि पुनरागमन गरेका कमलले ४ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । यस्तै सागर ढकाल र आरिफ शेखले समान १–१ विकेट लिए ।

नेपाल ‘ए’ र आयल्याण्डबती ३ वटा टी–२० र ३ वटा एकदिवसीय खेल हुँदैछन् ।