काठमाडौं-फिल्म हेर्ने क्रममा एकजना युवतीमाथि हलमै बलात्कारको घटना भएको छ । भारतको हैदराबादमा एक सिनेमा हलबाट बलात्कारको मामिला सार्वजनिक भएको हो । त्यहाँ एक १९ वर्षीया युवतीलाई २३ वर्षीय युवाले बलात्कार गरेको घटना बाहिर आएको हो ।


ADVERTISEMENT


पुलिसका अनुसार पीडितले हैदराबादस्थित प्रशान्त सिनेमा हलमा फिल्म ुपद्मावतु हेर्ने क्रममा अभियुक्तले आफूमाथि बलात्कार गरेका हुन् । आसपासका सिट खाली रहेको मौका पारेर ती युवाले आफूलाई बलात्कार गरेको युवतीले बताएकी छन् ।


ADVERTISEMENT

# # #


बिबिसीका अनुसार बलात्कृत भएकी युवती १२ कक्षाकी विद्यार्थी हुन् । अभियुक्तसँग उनको परिचय फेसबुमार्फत भएको थियो । त्यसपछि उनीहरुबीच मित्रता भएको थियो । पुलिसका अनुसार करिब २० दिनअघि दुवै सिकन्दराबादमा एक होटलमा भेट भएका थिए । त्यसपछि उनीहरु दुवै युवाकी बहिनीको घर जगतगिरीगुट्टा गएका थिए । त्यही क्रममा २९ जनवरीमा ती युवाले पीडित युवतीलाई फोन गरेर स्थानीय स्वाति होटलमा बोलाएका थिए ।

होटलमा केहीबेर बसेपछि दुवैजना घुम्न भन्दै इन्दिरा पार्क गएका थिए । त्यहाँ केहीबेर बसेपछि फिल्म हेर्न उनीहरु प्रशान्त सिनेमा घर पुगेका थिए । जहाँ पीडितले आफूमाथि युवाले बलात्कार गरेको आरोप लगाएकी हुन् ।

पीडितको गुनासोपछि पुलिसले उजुरी दर्ता गरेर ३१ जनवरीमा बलात्कारको अभियोग लागेका युवालाई पक्राउ गरेको छ । त्यसपछि अभियुक्तलाई अदालतमा पेश गरेर न्यायिक हिरासतमा पठाइएको छ । पुलिसका अनुसार हल मालिकविरुद्ध पनि कारबाही थालिएको छ ।