इन्स्पेक्टरलाई निलम्बन गर्न सिफारिस


ADVERTISEMENT


काठमाडौं-महानगरीय प्रहरी वृत्त दरबारमार्गको मुद्दा शाखाका इन्स्पेक्टर लक्ष्मण ठकुरीलाई निलम्बन गर्न सिफारिस गरिएको छ । इन्स्पेक्टर ठकुरीलाई प्रहरी परिसर काठमाडौंले प्रहरी प्रधान कार्यालयसमक्ष निलम्बनका लागि सिफारिस गरेको हो ।


ADVERTISEMENT

# # #


इन्स्पेक्टर ठकुरीले दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको सामूहिक बलात्कारको घटना दर्ता नगरी गुपचुपमा आर्थिक लेनदेन गरी मिलाउने प्रयास गरेका थिए । सोही मुद्दामा वृत्तका मुद्दा शाखाका सई चन्द्र भण्डारीलाई बिहीबार नै निलम्बन गरिसकेको छ ।

प्रहरी परिसर स्रोतका अनुसार निलम्बनमा परेका ठकुरीमाथि बयान लिने काम भइरहेको छ । यही घटनाका कारण दरबारमार्ग प्रमुख एवं डिएसपी तीलक भारतीलाई पनि बयानका लागि प्रहरी परिसर काठमाडौंले तानिसकेको छ ।

मेडिकल रिपोर्टमा बलात्कार भएको ‘प्रमाण’ देखिएन

अघिल्लो साताको बिहीबार दरबारमार्गको एक होटलमा सामुहिक बलात्कारको शिकार भएको भनिएकी युवतीको मेडिकल रिपोर्ट आएको छ । रिपोर्टमा सामुहिक बलात्कार भएको ‘इभिडेन्स’ नभेटिएको उनको स्वास्थ्य परीक्षणमा संलग्न स्रोतबाट जानकारी प्राप्त भएको छ ।

स्रोतले भन्यो, ‘बलात्कृत भएको हो भन्ने इभिडेन्स केही फेला परेन । पीडित भनिएको युवतीको योनाङ्ग पहिल्यैदेखि सेक्सुअल्ली एक्टिभ भएको देखिन्छ । त्यसैले पनि इभिडेन्स फेला नपरेको हुन सक्छ ।’ ‘स्वास्थ्य परीक्षणका क्रममा दिएको बयानले भने बलात्कृत भएको हो कि जस्तो सङ्केत हुन्छ’, स्रोतले भन्यो ।

यसबारे प्रहरीले अनुसन्धान नगरिरहेको छ । काठमाडौं प्रहरी परिसरले बनाएको छानविन टोलीका एक सदस्यले भने मेडिकल रिपोर्टको आधारमा मात्र बलात्कार भए नभएको भन्न नसकिने बताए । ‘मेडिकल रिपोर्टकै आधारमा बलात्कार भयो कि भएन भन्ने होइन’, ती अधिकारीले भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौं ।’