काठमाडौं-२१ गते हुने प्रदेश ६ को पहिलो अधिबेशन (प्रदेशसभा)का लागि कार्यसूची तय गरिएको छ । बैठकको तयारीका लागि प्रदेश प्रमुख दुर्गाकेशर खनालको आव्हानमा शुक्रबार बसेको सर्वदलीय बैठकले पहिलो सभाका एजेण्डाहरु तय गरेको हो ।


ADVERTISEMENT


पहिलो बैठकले सभामुखको निर्वाचन मिति तय गर्ने, अन्तरिम कार्यविधि बारे छलफल गरी पारित गर्ने कार्यसूची तयार भएको बैठकमा सहभागी प्रदेश सांसद सीता नेपालीले जानकारी दिइन । ‘ पहिलो बैठकको तयारीका लागि सर्वदलीय बैठक बसेको हो , बैठकबाट कार्यसूची तय गरेका छौं,’ उनले भनिन्, ‘पहिलो बैठकमा सभामुखको निर्वाचनको मिति र कार्यविधि मुख्य एजेण्डा रहने गरी कार्यसूची तय भएको छ ।’


ADVERTISEMENT

# # #


यस्तै बैठकमा चार जना प्रदेश सांसदले बोल्ने छन् । प्रदेशसभामा उपस्थिति रहेका एमाले, माओवादी केन्द्र, कांग्रेस र राप्रपाका एक/एक जना सांसदले बैठकमा बोल्ने अवसर पाउने छन् ।

४० सदस्यीय रहेको प्रदेश नं. ६ मा एमालेबाट २० जना माओवादीबाट १३ जना, कांग्रेसबाट ६ जना र राप्रपाका एक जना सांसद रहेका छन् ।

यस्तो छ कार्यसूची
– प्रदेश प्रमुखको पत्र
– श्रद्धाञ्जली
– सभाअध्यक्ष (जेष्ठ सदस्य)को मन्तव्य
– अन्तरिम कार्यविधि
– सभामुखको निर्वाचनको मिति