लुम्बिनी – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



शुक्रबार स्वतन्त्र सांसदसहित ४ दलका ४८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएका महरालाई आईतबार बुटवलमा प्रदेश प्रमुख अमिककुमार शेरचनले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । यस्तै महराले आईतबारनै ३ विभाविभागीय मन्त्री नियुक्त गर्दै मन्त्रीरिषद विस्तार गर्नु भएको छ ।

नेकपा एमालेका तर्फबाट चेतनारायण आचार्य, माओबादी केन्द्रबाट दीपेन्द्र कुमार पुन र जसपाका तर्फबाट भण्डारीलाल अहिरलाई विना विभागीय मन्त्रिमा नियुक्त गरेका हुन् । तीनै नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख शेरचनबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन सपथ ग्रहण पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री महराले छिट्ट नै मन्त्रीपरिषदले पूर्णता पाउने र सत्ता गठबन्धनमा धेरै दलको सहभागिता रहेकाले मन्त्रीपरिषदको आकार केही ठूलो हुन सक्ने बताए ।

मन्त्रिपरिषदले पूर्णता पाए लगत्तै प्रदेस सरकारले साझा सूचिका कार्यक्रमहरु सार्वजनिक गर्नेे र लगत्तै नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुट्ने महराको भनाई छ ।