काठमाडौँ – आउँदै गरेको नेपाली नयाँ वर्ष २०८१ लाई लक्षित गरी गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१% वा अधिकतम रु २०० नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


यस योजना अन्तर्गत बैंकको डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नेपालभित्र एइक् मेसिन मार्फत कारोबार गर्दा अधिकतम रु २०० सम्म नगद फिर्ता पाउन सक्नेछन् । नगदरहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएको यस योजनाको अवधि ०१ वैशाख २०८१ देखि ०३ वैशाख २०८१ सम्म रहेको छ । साथै, गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ताबन्दीको सेवा सुरुवात गरिसकेको छ ।


ADVERTISEMENT

# # #


काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम एवं विभिन्न डिजिटल बैकिङ माध्यम बाट सरल, सुरक्षित एवं गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।