काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले क्षमतावान् स्वास्थ्य संस्थालाई मेडिकल शिक्षा पढाउन दिनुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


शुक्रवार ह्याम्स अस्पतालको वार्षिकोत्सवको अवसरमा आयोजित “स्वास्थ्य सबैको सरोकार” विषयक संवाद कार्यक्रममा बोल्दै यादवले क्षमता भएका स्वास्थ्य संस्था लाई मेडिकल शिक्षा पढाउन दिनुपर्नेमा जोड दिएका हुन् ।


ADVERTISEMENT

# # #


राज्यले संचालन गरेका अस्पतालहरु पूर्ण क्षमतामा चलाउँदा थप ६५ हजार थप जनशक्ति आवश्यक पर्ने आकलन गर्दै उनले नर्सिङ र मेडिकल शिक्षाको दायरा अलिक फराकिलो बनाउनु पर्ने बताए ।

स्वास्थ्य सेवामा निजि क्षेत्रको लगानीबाट राज्यलाई सहयोग पुगेको बताउँदै यादवले सहकार्य गरेर गुणस्तरीय सेवा विस्तार गर्नुपर्ने जनाए । ‘अस्पतालले कुन स्ट्यान्डर्डको सर्भिस (सेवा) दिन्छ। त्यही अनुसार शुल्क लिने बनाउनुपर्छ’, उनले भने ।