काठमाडौँ– पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गुणस्तरहिन स्वास्थ्य सेवा प्रवाहको औचित्य नरहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रवार ह्याम्स अस्पतालको संवाद कार्यक्रममा बोल्दै थापालेसो अभिव्यक्ति दिएका हुन् । ‘स्वास्थ्य सेवा होइन, गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्छ। नत्र स्वास्थ्य सेवा दिनु र नदिनुको कुनै अर्थ हुँदैन। अहिले स्वास्थ्यमा सेवाको गुणस्तर छैन भने दिनु र नदिनुको अर्थ एउटै हो’, उनले भने ।


ADVERTISEMENT

# # #


स्वास्थ्य क्षेत्रको ‘ब्रेन ड्रेन’को सन्दर्भमा उनले स्वास्थ्यको जनशक्तिको कुरा गर्दा दिन खोजेको सेवा कस्तो हो ? भन्ने कोणबाट हेर्न जरुरी रहेको बताए । ‘त्यसका लागि कति जनशक्ति चाहिन्छ ? कस्तो जनशक्ति चाहिन्छ ? त्यही अनुसार उत्पादन हुनुपर्छ’, उनले भने ।

जनशक्ति कति उत्पादन मात्रै नभई, प्रणालीमा पनि जोड दिनुपर्ने उनको राय छ ।