काठमाडौँ– सांसदहरुले फरक ढंगले शिक्षा प्रदान गर्ने र दक्ष जनशक्ति उत्पादन गर्न सक्नेलाई मात्रै विश्वविद्यालयको सम्बन्धन दिनुपर्ने सुझाव दिएका छन् ।


ADVERTISEMENT


सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरुले विश्वविद्यालयको संख्या बढाएरमात्रै केहि नहुने भन्दै फरक ढंगको शिक्षा प्रदान गर्न सक्नेलाई मात्रै सम्बन्धन दिनुपर्ने सुझाव दिएका हुन् ।


ADVERTISEMENT

# # #


सांसद प्रदीप पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक औचित्य पुष्टि हुने गरि नआएको बताए । उनले विधेयकमा नै नयाँ विश्वविद्यालय खोल्नुको औचित्य स्पष्ट हुनुपर्ने धारणा राखे । उनले विश्वविद्यालयको संख्यामात्रै बढाउने हो भने छाता ऐन ल्याएर व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

त्यस्तै सांसद प्रेम सुवालले विद्यार्थी भर्ना हुने अवस्था सिर्जना गर्ने गरि नयाँ विश्वविद्यालय स्थापना गर्नुपर्ने धारणा राखे । उनले सरकारले सम्वन्धन दिएका विश्वविद्यालयको अवस्थाका बारेमा पनि जानकारी लिनुपर्नेमा जोड दिए ।

नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले संशोधनकर्ता सांसदहरुसंग छलफल गरेको हो । यसअघि समितिले उक्त विद्येयकमा सन्दर्भमा शिक्षाविद् विज्ञ लगाएतसंग छलफल गरेको थियो ।