काठमाडौं-इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति टोटनह्याम र लिभरपुलले २–२ गोलको बराबरी खेलेका छन्।


ADVERTISEMENT


खेलको तेस्रो मिनेटमा नै मोहम्मद सालहले गोल गर्दै लिभरपुललाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफ १-० ले पछि परेको टोटनह्यामले बराबरी गोल फर्काउन ८०औं मिनेटसम्म कुर्नुपर्‍यो । ८० औँ मिनेटमा भिक्टर वानयामाले टोटनह्यामका लागि बराबरी गोल फर्काए । त्यसपछि टोटनह्यामले पेनाल्टीको अवसर पाएको थियो। तर त्यसमा ह्यारी केनले गोल गर्न सकेनन् ।


ADVERTISEMENT

# # #


त्यसपछि इन्जुरी समयको पहिलो मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोली लिभरपुललाई जित नजिक पुर्‍याए । तर इन्जुरी समयको पाँचौँ मिनेटमा टोटनह्यामले फेरि पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्यायो । त्यसअघिको पेनाल्टीमा चुकेका केनले यसपटक भने गोल गरेका थिए ।

बराबरी पछि २६ खेलबाट ५१ अंकसहित लिभरपुल लिगको तेस्रो स्थानमा कायमै छ । पाँचौँ स्थानको टोटनह्यामको २६ खेलबाट ४९ अंक भएको छ । लिगमा म्यान्चेष्टर सिटी ६९ अंकसहित शीर्ष स्थानमा छ भने ५६ अंकसहित म्यान्चेष्ठटर युनाइटेड दोस्रो स्थानमा छ । चेल्सी ५० अंकसहित तालिकाको चौथो स्थानमा छ ।