काठमाडौं-चालु आर्थिक बर्षको ६ महिनामा मुलुकको व्यापारघाटा झण्डै ५ खर्ब पुगेको छ ।


ADVERTISEMENT


पेट्रोलियम र मेसिनरी आयातसँगै खाद्यान्न समेत आयात गर्नुपर्ने भएपछि व्यापारघाटा चुलिएको हो । साउनयता व्यापार घाटा ४ खर्ब ९३ अर्ब ८८ करोड ८१ लाख ९० हजार पुगेको भन्सार विभागले जनाएको छ ।


ADVERTISEMENT

# # #


यो गत बर्षको भन्दा १५ दशमलव ५२ प्रतिशतले बढी हो । गत बर्ष सोही अवधिमा ४ खर्ब २७ अर्ब ५३ करोड ७ लाख ४९ हजार रुपैयाँ व्यापार घाटा थियो । मुलुकको सबै भन्दा बढी व्यापारघाटा भारतसँग ३ खर्ब ५१ अर्ब ४१ करोड १९ लाख ९० हजार रहेको छ ।

यस्तै चीनसँग ६७ अर्ब ८८ करोड ४० लाख ६१ हजार रहेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । आयातको तुलनामा निर्यात निकै कम भएपछि व्यापारघाटा प्रत्येक वर्ष बढ्दो क्रममा छ । ६ महिनाको अवधीमा ५ खर्ब ३५ अर्ब ५ करोड ५१ लाख ९८ हजार रुपैयाँका सामग्रीहरू आयात हुँदा निर्यात भने ४१ अर्ब १६ करोड ७० लाख ७ हजार रुपैयाँको मात्रै भएको छ ।

स्वदेशी उत्पादन वृद्धि हुन नसक्नु, उत्पादन भएका सामग्रीहरू निर्यात हुन नसक्नु र परनिर्भरता बढ्दै जाँदा बर्षेनी व्यापार घाटा बढ्दै गएको हो ।