काठमाडौं-दश हजार घुस रकमसहित जनकपुरमा एक प्रहरी जवान पक्राउ परेका छन् । धनुषाको लक्ष्मीनिया अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मनोज प्रसैलालाई आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटेको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT


जनकपुरको भ्रमरपुरा चोकस्थित एक चिया पसलमा एकजना व्यापारीसँग अवैद्य मदिरा पसर सञ्चालन गर्न सहज वातावरण बनाइदिने र इजाजत पत्रसमेत उपलब्ध गराइदिने भन्दै दश हजार घुस रकम लिँदै गर्दा उनी पक्राउ परेका हुन् । प्रसैलालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


अख्तियारको टोलीले गोप्य सूचनाको आधारमा प्रसैलालाई निगरानी गरिराखेको र घुस लिन बित्तिकै रंगेहात पक्राउ गरेको हो । उनलाई हाल पदबाट निलम्बन गरिएको छ । प्रसैलालाई आइतबार बर्दिबासस्थित आयोगको कार्यालयमा राखिने र सोमबार काठमाडौं प्रहरी मुख्यालयमा पठाउने तयारी भएको छ ।