काठमाडौं – एनआईसी एशिया बैंकले भाखा नाघेका कर्जा ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्वन्धी योजना सार्वजनिक गरेको छ । बैँकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने भन्दै यस्तो छुट दिने बताएका हो ।
जस अनुसार बैँकले बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्बिन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठ भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत देहायको तालिकामा उल्लेख भए बमोजिम छुट प्रदान गर्ने भएको हो ।
गत चैत्र मसान्तसम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम यहि जेठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट दिने भएको छ । बैंकले साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ ।
९१ दिनदेखि १८० दिनको १५ प्रतिशत छुट, १८१ दिनदेखि ३६५ दिनको २५ प्रतिशत छुट र ३६५ दिनभन्दा बढी भाखा नाघेको छ भने ३५ प्रतिशत छुट दिने बैंकले जनाएको छ । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरुको वित्तीय भार कम गर्न मद्दत पुग्ने बैंकको विश्वास छ ।