काठमाडौँ– टी २० क्रीकेट वर्ल्ड कप २०२४ अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गते बाट सुरु हुँदैछ जसमा नेपाल सन २०१४ पछी दोस्रो पटक भाग लिदैँछ। नेपाली क्रीकेट टिम यो केही समय देखी क्रीकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आईरहेको छ र यसपाली नेपाली टिमले टी २० क्रीकेट वर्ल्ड कपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ।


ADVERTISEMENT


नेपाली क्रीकेट टिमको र सम्पूर्ण वर्ल्ड कप म्याचहरु घरमै बसी बसी हेर्न नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले ‘खेल्छ नेपाल घर घरमा’ नामक योजना अघि सारेको छ ।


ADVERTISEMENT

# # #


यस योजना अन्तर्गत ग्राहकबर्गहरुले एलजी टि।भी बाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्यासब्याक र उपहार पनि जित्न सक्नेछन्। योजना अनुसार कुनै पनि एलजी टिभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र रु.१ लाखको ब्यक्तिगत दुर्घटना बीमा उपलब्ध छ। साथै एलजी ओलेड टि।भी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एस एन फोर उपहार सित्तैमा पाइनेछ।

कम्पनीका अनुसार ३२ इन्च देखी ८६ इन्च साइज सम्ममा उपलब्ध एलजीका टि।भीहरु ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन। एलजीका क्युनेड टि.भी, यू क्यु र यू आर सिरिज अन्तर्गतका युएचडी टि।भीहरुमा ३ बर्षको फुल वारेन्टी रहेको छ। र कुनै पनि एलजी टि.भी को खरिदमा रु.१ लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सकिनेछ ।

ग्राहकले यो बिमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन् । यसका साथसाथै शुन्य ५ ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामान सँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ ।

यो योजना जेठ १७ गते देखी नेपाल अधिराज्यभरी सिमित अवधी को लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।