काठमाडौं – काठमाडौंमा जारी प्रधानमन्त्री एनभिए भलिबल लिग अन्तर्गत बुधबार पुरुषतर्फ नेपाल पुलिस क्लब विजयी भएको छ ।


ADVERTISEMENT


त्रिपुरेश्वरस्थित राखेप कवर्ड हलमा भएको खेलमा पुलिसले आर्मीमाथि ३–१ को सेटमा जित दर्ता गरेको हो । पहिलो सेटमा आर्मी २७–२५ ले जितेको थियो । दोश्रो सेटमा पुलिसले २६–२४ को जित निकाल्यो ।


ADVERTISEMENT

# # #


त्यसपछिको दुईसेटमा पुलिसले २५–२१ र २५–१८ को सहज जित निकाल्यो । जितसँगै पुलिसले फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

त्यस्तै महिलातर्फ कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा परजित गर्दै नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ । लिगको दुवैतर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्ने नेपाल भलिवल संघले जनाएको छ ।